ad ad

समाज


नागार्जुनमा कल्भर्टको बाढीले कार बगायो, चालकको मृत्यु

नागार्जुनमा कल्भर्टको बाढीले कार बगायो, चालकको मृत्यु

घटनास्थल


नेपालखबर
असार १४, २०८१ शुक्रबार ८:३३, काठमाडौँ

काठमाडौँ नागार्जुनमा बाढीले कार बगाउँदा चालकको मृत्यु भएको छ।  

नागार्जुन-६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टले आज बिहान कार बगाएको हो। 

कल्भर्टमा आएको बाढीले शुक्रबार राति साढे २ बजे बा.प्र. ०२७ च ०४९१ नम्बरको निशान कार बगाएर सडकबाट तल झार्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कारका चालक नागार्जुन नगरपालिका ६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

‘नागार्जुन नगरपालिका- ६ सीतापाइला सिभिल होमस्थित छमछमे खोलाको कल्भर्टले कार बगाउँदा दुर्घटना भएको हो,’ एसपी अधिकारीले नेपालखबरसँग भने, ‘दुर्घटनामा कार चालक स्थानीय ४० वर्षका  पूर्ण दर्नालको मृत्यु भएको छ।’

दुर्घटनामा गम्भीर घाइते भएका दर्नाललाई उपचारका लागि प्रहरीले मनमोहन मेमोरियल अस्पताल पुर्याएको थियो। उपचारकै क्रममा आन बिहान पौने ६ बजे उनको मृत्यु भएको एसपी अधिकारीले बताए।  

बाढीले बगाएर कल्भर्टको खाडलमा झारेको कारलाई र्‍याकर, क्रेन, प्रहरी र स्थानीयको सडकमा निकालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .