ad ad

समाज


राति तीनवटा प्रदेशमा वर्षाको सम्भावना बढी

राति तीनवटा प्रदेशमा वर्षाको सम्भावना बढी

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असोज १९, २०८१ शनिबार १८:५०, काठमाडौँ

हाल (शनिबार साँझ) देशको पहाडी भेगमा आंशिक बदली (पातलो बादल) रही बाँकी स्थानमा मौसम मुख्यतया सफा (आकाश लगभग सफा) छ। 

गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कोसी प्रदेशका एक/दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैबीच बागमती प्रदेशमा पर्ने काठमाडौँ उपत्यकामा भने आज राति वर्षाको सम्भावना कमै देखाइएको छ। मौसम महाशाखाले उपत्यकामा राति क्षणिक वर्षा हुने सम्भावना पनि केवल २० प्रतिशत भएको जानकारी गराएको छ। 

मौसमविद्का अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशका पूर्वी र मध्य भागमा भने बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपास क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .