भारतीय राज्य छत्तीसगढको माओवादी प्रभावित नारायणपुर जिल्लामा प्रहरीले भिडन्तमा ३० जना माओवादी मारिएको दाबी गरेको छ।
मुठभेड स्थलबाट ठूलो परिमाणमा अत्याधुनिक हतियार बरामद पनि भएको प्रहरीले जनाएको छ।
भिडन्तपछि खोजी अभियान जारी छ। प्रहरीले मारिने माओवादीको संख्या बढ्ने अनुमान पनि गरेको छ।
बीबीसी हिन्दीका अनुसार माओवादीविरुद्ध अपरेसनका लागि बिहीबार ओर्छा र बारसुर थानाबाट विशेष कार्यदल र जिल्ला रिजर्भ गार्डको छुट्टाछुट्टै टोली गएको एक उच्च प्रहरी अधिकारीले बताए।
प्रवक्ताका अनुसार नेन्दुर-ठुलाथुली जंगलमा शुक्रबार दिउँसो ‘शंकास्पद माओवादी’सँग भिडन्त भएको थियो जुन साँझसम्म जारी रह्यो।
घटनास्थलबाट अहिलेसम्म ३० माओवादीको शव फेला परेको प्रहरीले जनाएको छ। तर, उनीहरूको परिचय भने खुल्न सकेको छैन।
तर बरामद हतियारको प्रकारका कारण मारिनेमा माओवादीका केही ठूला नेता पनि हुन सक्ने आशंका गरिएको छ।
राज्यका मुख्यमन्त्री विष्णुदेव साईले सुरक्षाकर्मीले ठूलो सफलता हासिल गरेको बताएका छन्।
Shares
प्रतिक्रिया