ad ad

समाज


एसईई पूरक परीक्षाको समय तालिका सार्वजनिक

एसईई पूरक परीक्षाको समय तालिका सार्वजनिक

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८१ मंगलबार १०:५५, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले मंगलबार सूचना जारी गर्दै पुरक परीक्षाको तालिका सार्वजनिक गरेको हो। 

तालिकाअनुसार एसईई पुरक परीक्षा  आगामी साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ।

परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

तीन दिनअघि मात्रै शिक्षा मन्त्रालयले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) ल्याउने सबै विद्यार्थीलाई  पूरक परीक्षामा सहभागी गराउने निर्णय गरेको थियो। 

पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्थासमेत गरेको छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .