ad ad

समाज


राशिफल १९ असार : वृश्चिकको प्रेम सम्बन्ध फक्रने, मीनलाई विश्वासपात्रबाट धोका हुने, तपाईँको के?

राशिफल १९ असार : वृश्चिकको प्रेम सम्बन्ध फक्रने, मीनलाई विश्वासपात्रबाट धोका हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असार १९, २०८१ बुधबार ४:३८, काठमाडौँ

आज बुधबार, १९ असार २०८१ (३ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : मनमा दुबिधा उत्पन्न हुनेछ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। पढाइलेखाइमा पनि प्रगति गर्न सकिँदैन। अनावश्यक गफगाफमा भुल्दा व्यापार-व्यवसायमा असर पर्नेछ। धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

वृष : रोकिएको कामको गाँठो फुक्नेछ। भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ। बोलीको भरमा सङ्कल्पसिद्ध हुन सक्छ। शुभ समाचार सुन्न पाइएला। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। झैझमेलाको अवस्था आउला।

भाग्यशाली रङ हरियो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कर्कट : विशिष्ट व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह : नजिकका व्यक्तिबाट कार्यमा बाधा आउँदा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। साँझमा भने प्रतिष्ठित व्यक्तिसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ। अड्किएको कामको गाँठो फुक्ने दिशातर्फ अघि बढ्नेछ।

भाग्यशाली रङ आकासे हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। शुभचिन्तकले पूर्ण साथ दिनेछन्। वैदेशिक यात्राको प्रक्रिया सहजै अघि बढ्नेछ। धन पनि हात पर्न सक्छ। सरकारी निकायको भने भय रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : पुनर्मिलनको योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ। सामाजिक उत्तरदायित्व या पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ। नयाँ र शुभ समाचार सुन्न पाइएला।

भाग्यशाली रङ पहेँलो रहेको छ भने अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। अरूको कुभलो नचिताउने।

वृश्चिक : आफन्तको सहयोग प्राप्त हुनेछ। लक्ष्यमा पुग्न सकिनेछ। कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ। प्रेम सम्बन्ध फक्रनेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : दिन मध्यम रहनेछ। वैदेशिक कार्यमा सफलता मिल्नेछ। महत्त्वाकाङ्क्षी योजना भने गोप्य राखेर अघि बढ्नुपर्छ। वाहन सुख मिल्नेछ। साँझमा भने पैसा खर्च हुन सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ। कृषि क्षेत्रबाट सफलता मिल्नेछ। रमाइलो यात्रा हुनेछ। ताकेको कार्य पूरा हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। ठिक समयमा सही निर्णय लिन सकिनेछ। पढाइलेखाइमा खासै प्रगति नहोला। अरूको भलाइका लागि दौडधुप गर्नु पर्नेछ।

भाग्यशाली रङ हरियो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शिवजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : प्रणय सम्बन्ध कसिने बेला छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। तार्किक क्षमता बढ्नेछ। विश्वासपात्रले भने बोली परिवर्तन गर्न सक्छन्।

भाग्यशाली रङ रातो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .