ad ad

समाज


थमन विकको हत्या अभियोगमा पूर्वसांसद यादव कारागार चलान

थमन विकको हत्या अभियोगमा पूर्वसांसद यादव कारागार चलान

नेपालखबर
असार १९, २०८१ बुधबार १९:१०, जलेश्वर

महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ परेका मधेस प्रदेश सभाका पूर्वसदस्य कौशलकुमार यादवलाई जिल्ला आदालत, महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाएको छ।

२०७२ भदौ २५ गते विकको क्रूर तरिकाले हत्या भएको थियो। उक्त प्रकरणमा संलग्न भएको अभियोगमा गत शनिबार पक्राउ परेका यादवलाई न्यायाधीश फनेश्वरी घिमिरेको एकल इजलासले आज कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरेको हो। यादवलाई आगजनी मुद्दामा पाँच हजार रुपैयाँ धरौटीसमेत माग गरिएको स्रेस्तेदार नुतन झाले नेपालखबरलाई जानकारी दिएकी छन्।

यादव तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट २०६४ सालको संविधानसभा निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ र २०७४ सालको निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नं ४ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। 

महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते सशस्त्र प्रहरी सहायक निरीक्षक विकको हत्या प्रकरणमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेस प्रदेश सभा संसदीय दलका नेता अभिराम शर्मासहित सातजनालाई जन्मकैदको फैसला सुनाएको थियो। 

सोही मुद्दामा महोत्तरी क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद लक्ष्मी महतो कोइरी र पवन कापरलाई सफाइ दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .