ad ad

समाज


धनुको प्रेममा गडबडी हुने, वृषलाई हिम्मत बढ्ने, तपाइँको के? हेर्नुस् असार २५ को राशिफल

धनुको प्रेममा गडबडी हुने, वृषलाई हिम्मत बढ्ने, तपाइँको के? हेर्नुस् असार २५ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
असार २५, २०८१ मंगलबार ४:३८, काठमाडौँ

आज मङ्‌गलबार, २५ असार २०८१ (९ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : मनमा दुबिधा उत्पन्न होला। व्यक्तिगत कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यमा आकस्मिक समस्या देखा पर्न सक्छ। सानातिना बाधा आइलागे पनि काम भने रोकिने छैन। प्रतिस्पर्धीले रिस गरे पनि बिगार गर्न सक्ने छैनन्।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४३, व्यापारमा ४८, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ६६ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ३३ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शिवजीको दर्शन गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृष : दिन उत्साहबर्द्धक रहला। विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ। नवीन ज्ञान आर्जनको समय छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। हिम्मत बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ५१, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ४५ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहको स्मरण गरेर कामको सुरुआत गर्ने। निलो रङको प्रयोग नगर्ने।

मिथुन : धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुनेछ। स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना।

भाग्यशाली रङ रातो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ४५ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीको दर्शन गरेर कामको सुरुआत गर्ने। अरूलाई दु:ख दिने काम नगर्ने।

कर्कट : विद्या र बुद्धिको विकास हुनेछ। नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुन सक्छ। रमणीय र सुखद यात्राको योग छ। जीवनसाथीको सल्लाहमा गरिएको काममा सफलता मिल्नेछ। साँझ सुन्दरतामा धन खर्च हुनेछ।

भाग्यशाली रङ कालो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६५, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राख्ने। खैरो रङको प्रयोग नगर्ने।

सिंह : झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। पढाइलेखाइमा ध्यान जाने छैन। व्यापार व्यवसायबाट पनि सोचेजति फाइदा नहोला। तर, धैर्य गर्दा साँझमा केही लाभ हुन सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३९, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌को स्मरण गरी कार्य प्रारम्भ गर्ने। जथाभावी नबोल्ने।

कन्या : चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। पराक्रम बढ्नुका साथै शरीर स्वस्थ रहनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। बैंक ब्यालेन्समा बढोत्तरी हुनेछ। तर, पेटको समस्याले भने पिरोल्न सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ७०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ३३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। घ्यू रङको प्रयोग नगर्ने।

तुला : आफूले सोचेकै काम गर्न पाउँदा मन प्रसन्न रहनेछ। कुनै काम विशेषले यात्रा हुँदा इष्टमित्र एवं साथीभाइसँग भेटघाट हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ५० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्ने। रातो रङको प्रयोग नगर्ने।

वृश्चिक : एकअर्काको भावना बुझेर काम गर्नसके दाम्पत्य जीवन सुमधुर रहनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेम जीवनमा सफल भइनेछ। जोस, जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ। कामविशेषले यात्रा गर्नुपर्ला।

भाग्यशाली रङ निलो रहेको छ भने अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ६५, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ५० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गरेर कामको सुरुआत गर्ने। दक्षिण दिशा नजाने।

धनु : कामको गति सुस्त हुँदा प्रतिफल पनि प्रभावित हुनेछ। व्यापार व्यवसायबाट त्यति फाइदा नहोला। प्रेम सम्बन्धमा विवाद आउन सक्छ। न्यायिक एवं सामाजिक काममा भने सफलता प्राप्त हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीको दर्शन गरेर कामको सुरुआत गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मकर : विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। प्रतिष्ठित काम सुरु गर्ने मौका छ। सन्तान वा शुभ चिन्तकबाट आर्थिक क्षेत्रमा सहयोग हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गरेर कामको सुरुआत गर्ने। निलो रङको प्रयोग नगर्ने।

कुम्भ : नयाँ व्यक्तिसँग भेटघाट हुनेछ र कुनै नयाँ काम गर्ने विचार आउन सक्छ। जोस, जाँगर बढ्नुका साथै शरीर पनि फुर्तिलो रहनेछ। स्वास्थ्य राम्रै रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ४५, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ५२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : सबै काम सहज रूपमा सम्पन्न हुँदै जानेछन्। आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ। रमणीय र सुखद यात्राको योग छ तर वैदेशिक यात्रा र पुँजी बजारको काम-कारोबारमा भने उल्झन आउन सक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७५, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६५ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। निलो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .