ad ad

समाज


मेषको प्रेममा माधुर्य छाउने, धनुमाथि शत्रु हाबी हुने, तपाईँको के? हेर्नुस् २६ असारको राशिफल

मेषको प्रेममा माधुर्य छाउने, धनुमाथि शत्रु हाबी हुने, तपाईँको के? हेर्नुस् २६ असारको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
असार २६, २०८१ बुधबार ४:३९, काठमाडौँ

आज बुधबार, २६ असार २०८१ (१० जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : कीर्तिमानी काम गर्ने समय छ। प्रेममा मधुरता छाउनेछ। दाम्पत्य जीवन सुखद बन्ने देखिन्छ। आम्दानी बढ्नेछ। रमाइलो यात्रामा निस्कने योग छ। नयाँ सवारी साधन प्राप्त हुन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : व्यवसायका लागि यात्राको सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ। सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसायबाट बढी सफलता मिल्नेछ। शुभचिन्तकले पूर्ण समर्थन गर्नेछन्।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता३९ , यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मिथुन : अनावश्यक ठाउँमा धन खर्च हुनेछ। काममा चुनौती आइलाग्ला। दण्ड वा जरिवानामा परिन सक्छ, धैर्यका साथ काम लिनुहोला। साँझमा नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। सुमधुर मिलन पनि हुन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कर्कट : दिन शुभ छ। जग्गाजमिनको कारोबारबाट राम्रो प्रतिफल आउन सक्छ। नोकरीबाट मानसम्मान मिल्नेछ। प्रेममा समीपता बढेर जानेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह : सुखद यात्राको योग छ। प्रेमी, मातापिता र अभिभावक वर्गसँग समीपता राख्न सके राम्रो हुनेछ। नयाँ कामको थालनी हुनेछ, बोल्दा निकै विचार पुर्‍याउनुहोला। मौसम अनुकूल नहुँदा स्वास्थ्यमा समस्या आउन सक्छ।

भाग्यशाली रङ आकासे हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या : मठमन्दिरको भ्रमणले थप ऊर्जा मिल्नेछ। विद्याको क्षेत्र सबल रहनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। आर्थिक कारोबारबाट राम्रै फाइदा पुग्नेछ। यात्रा गर्दा भने मालसामान हराउन सक्छ, सजग रहनु होला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

तुला : लगनशील भएर गरिएको कामबाट लाभ हुनेछ। पुँजी बजारमा लगानी नगर्दा नै बेस हुन्छ। तर, आत्मबल बढाएर काम गर्ने हो भने धेरै नाफा नभए पनि घाटा चाहिँ हुँदैन। वैदेशिक काम अघि बढ्नेछन्।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक : बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त होला। प्रेमी वा शुभ चिन्तकबाट सहयोग मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : मनपर्ने व्यक्तिको साथ र सहयोग मिल्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। ऋण गरेरै भए पनि सामान खरिद गरिनेछ। शत्रु हाबी हुनेछन्। स्वास्थ्य गडबड हुने देखिन्छ। तसर्थ, खानपिनमा विशेष ख्याल गर्नुहोला।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : दिन साथीभाइसँगको रमाइलोमा बित्नेछ। प्रेम जीवनमा लामो समयदेखिको गाँठो फुक्नेछ। वैदेशिक लगानी, सेयर बजार, साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा पनि ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिहान उठ्नेबित्तिकै शिव भगवान्‌को स्मरण गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : दण्ड वा जरिवानामा परिन सक्छ, संयमता अपनाउनु होला। सानातिना काममा अल्झेर महत्त्वपूर्ण समय बित्न सक्छ। मनमा दुबिधा उत्पन्न हुनेछ तर अरूको मुख नहेरी निर्णय लिन सके अवसर प्राप्त होलान्।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मीन : बोली बिक्ने समय छ। घरमा अतिथिको आगमन हुनेछ। प्रेममा सम्बन्धमा मधुरता छाउनेछ। महत्त्वपूर्ण चिज किनमेल होला। काम विशेषले टाढिएका परिवारका सदस्यसँग भेट हुनेछ।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .