ad ad

समाज


राशिफल ४ साउन : मकरको नाक तथा घाँटीमा समस्या आउने, मीनलाई आकर्षक रोजगारी मिल्ने, तपाईँको के?

राशिफल ४ साउन : मकरको नाक तथा घाँटीमा समस्या आउने, मीनलाई आकर्षक रोजगारी मिल्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन ४, २०८१ शुक्रबार ४:४१, काठमाडौँ

आज शुक्रबार, ४ साउन २०८१ (१९ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : चलाखीपूर्ण बोलीले काम बन्ला। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग देखिन्छ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। आफन्तको प्रगतिले मनमा खुसी छाउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क  ६१प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : सोचेजस्तो लाभ हासिल गर्न धैर्य हुनु पर्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। वैदेशिक क्षेत्र कमजोर रहनेछ। घरायसी व्यवहारबाट टाढै बस्नु राम्रो हुन्छ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। झुट नबोल्ने।

मिथुन : जटिल ठानिएको काम सम्पादन हुँदा मनमा भएको बोझ हट्नेछ। रोकिएका काम सुरु हुनुका साथै चिताएको कामले तीव्रता लिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७८ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। प्याजी रङको प्रयोग नगर्ने।

कर्कट : सापटी लगेको रकम फिर्ता पाइनेछ। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्ला। मानसम्मान समेत प्राप्त हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह : श्रमको उचित मूल्याङ्कन हुनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रेमीसँग कुनै न कुनै माध्यमबाट भेटघाट होला। वित्तीय संस्थाबाट राम्रै सफलता मिल्नेछ। नयाँ कामको थालनी हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : दिन मध्यम खालको रहनेछ। प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो। एउटै कामलाई दोहोर्‍याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ। मेहनतीहरूका लागि भने दिन फलदायी नै छ।

भाग्यशाली रङ हरियो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला : चलाखीपूर्ण बोलीको प्रभावले आँटेको काम सम्पन्न हुनेछ। धार्मिक तथा लाभदायक यात्रा हुनेछ। आँटे-ताकेको पूरा होला। मङ्गल कार्यको योग छ। कसैकसैलाई सन्तान सुख पनि मिल्नेछ। वाहन लाभ हुने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। घुमफिरमा आकर्षण बढ्नेछ। सामाजिक कार्य अघि बढ्नेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। आत्मसन्तुष्टि मिल्ला।

भाग्यशाली रङ खैरो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : शुभ चिन्तकबाट सहयोग मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। स्वास्थ्यमा सुधार आउला।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। नाक तथा घाँटीमा समस्या आउन सक्छ। सामान हराउने सम्भावना छ, सचेत रहनुहोला। झुटा आरोप आइलाग्दा समस्या खेप्नुपर्ला। साँझमा आत्मीयजनबाट सहयोग मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

कुम्भ : आफन्तसँग रमाइलो भेटघाट हुनेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। प्रेमी/प्रेमिकाबाट विषेश सहयोग मिल्नेछ। वैदेशिक कार्यमा सहजता मिल्नेछ। चलाखीपूर्ण बोलीले काम बन्ला।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन : आकर्षक रोजगारी मिल्न सक्छ। पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका काम सुचारु हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेममा सम्बन्धमा मधुरता छाउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .