ad ad

समाज


मेषको बाधा हट्ने, वृषले व्यर्थको यात्रा गर्नुपर्ने, तपाईँको के? हेर्नुस् ६ साउनको राशिफल

मेषको बाधा हट्ने, वृषले व्यर्थको यात्रा गर्नुपर्ने, तपाईँको के? हेर्नुस् ६ साउनको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
साउन ६, २०८१ आइतबार ४:४२, काठमाडौँ

आज आइतबार, ६ साउन २०८१ (२१ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। भौतिक साधन जुटाउने समय छ।

भाग्यशाली रङ्ग खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङ्गको प्रयोग नगर्ने।

वृष : आज व्यर्थको यात्रामा जान बाध्य भइएला। अनावश्यक र फजुलमा खर्च बढ्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। राजनैतिक कार्यमा बाधा आउनेछ तर आफन्तसँग भेटघाट भने हुनेछ।

भाग्यशाली रङ्ग घ्यू र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मिथुन : आज धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। कुनै कुराले मनमा शान्ति छाउला। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा  ५९ र शिक्षामा ६३  प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कर्कट : रोकिएको धन पनि हात पर्न सक्छ। आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्। घरमा अतिथिको आगमन हुनेछ। लाभदायक यात्रा हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। पुँजी बजारले पनि साथ दिनेछ।

भाग्यशाली रङ्ग हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१  प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।    

सिंह : आज चिताएको कामले तीव्रता लिनेछ। साता पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवनमा खुसियाली छाउनेछ। सेयर बजारबाट पनि फाइदा हुनेछ।

भाग्यशाली रङ्ग आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४  प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।   

कन्या : आज चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुनसक्छ। यात्रामा मालसामान हराउन सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। गरेका काममा ढिलासुस्ती हुनेछ। मनमा खुलदुली, चिन्ता र चञ्चलता पनि बढ्नेछ।

भाग्यशाली रङ्ग सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७  प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।हरियो रङ्गको प्रयोग नगर्ने।

तुला : रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मित्रबाट विशेष सहयोग मिल्नेछ। स्वादिष्ट भोजनको आनन्दसमेत पाइनेछ। धेरै समयपछि आफन्तसँग भेटघाट हुनेछ। प्रेमीको सहयोग पाइनेछ।

भाग्यशाली रङ्ग घ्यू र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक : आज आँटेको र ताकेको कार्य पूरा होला। मानको डर हराएर जानेछ। रमणीय र सुखद् यात्राको योग छ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। चिताएको कामले तीव्रता लिनेछ। घर परिवारमा धार्मिक कृत्यको योग छ।

भाग्यशाली रङ्ग पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।

धनु : बोलीले कार्य सिद्ध हुनसक्छ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। मान प्रतिष्ठामा वृद्धि होला। शुभ समाचार सुन्न पाइएला। व्यापार व्यवसायबाट आम्दानी हुनेछ।

भाग्यशाली रङ्ग पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङ्गको प्रयोग नगर्ने।

मकर : गर्न खोजेका काममा विघ्नबाधा धेरै देखा पर्नेछन्। सहकर्मीबाट विरोध आउला। नियमित खर्चसमेत बढ्ने योग छ। मानसिक चञ्चलपनले पेसागत हानी हुने सम्भावना छ। सेयर बजारबाट पनि असफलता मिल्नेछ।

भाग्यशाली रङ्ग हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङ्गको प्रयोग नगर्ने।

कुम्भ : प्रसन्नताबीच समय व्यतीत हुनेछ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। आफन्तको प्रगतिमा मन रमाउन सक्छ। नयाँ सवारी साधन प्राप्तिको योग छ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ्ग निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङ्गको प्रयोग नगर्ने।

मीन : धर्म र आस्था बढ्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। रमणीय र सुखद् यात्राको योग छ। प्रेमीसगँ मधुर मिलनको योग पनि छ। सेयर बजारबाट फाइदा हुनेछ।

भाग्यशाली रङ्ग पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८, र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .