ad ad

समाज


आज राति वर्षा : कहाँ कस्तो सम्भावना?

आज राति वर्षा : कहाँ कस्तो सम्भावना?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
साउन ७, २०८१ सोमबार १८:५१, काठमाडौँ

हाल (सोमबार साँझ) देशभर मौसम साधारणतया बदली (आकाशमा बादल) छ भने सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ।

अनि कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

साथै राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .