ad ad

समाज


‘बालेनसँग जित्यौँ’ भन्दै न्युरोडमा वडाध्यक्षसहित स्थानीयको र्‍याली (तस्बिरहरू)

‘बालेनसँग जित्यौँ’ भन्दै न्युरोडमा वडाध्यक्षसहित स्थानीयको र्‍याली (तस्बिरहरू)

सरोज बैजु
साउन ७, २०८१ सोमबार १९:०, काठमाडौँ

काठमाडौँ महानगरपालिका र न्युरोड क्षेत्रका जनप्रतिधिबीच फुटपाथ विस्तारमा देखिएको समस्या समाधानका लागि सहमति भएको छ। वडा नम्बर २४ मा जारी विस्तारको काम नरोक्ने र अन्य वडाका काम मंसिर २ गतेसम्म नगर्नेगरी सोमबार सहमति भएको हो। 

सहमतिका लागि मेयर बालेन्द्र शाह (बालेन) को कार्यकक्षमा छलफल भएको थियो। छलफलका निर्णयहरू सुनाउँदै न्युरोडमा वडाध्यक्षहरूले पत्रकार सम्मेलन आयोजना गरेका थिए। 

निर्णय सुनाएपछि वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन र २३ का अध्यक्ष मचाराजा महर्जन लगायतले न्युरोडमा र्‍यालीसहित परिक्रमा नै गरेका थिए। 

परिक्रमका क्रममा उनीहरूले ‘यो जित कस्को, जनताको’, ‘वडा नम्बर २२ को अध्यक्षको पाराले, सुःख पायो साराले’, ‘स्थानीय एकता जिन्दावाद’ लगायतका नारा लगाएका थिए। 

पत्रकार सम्मेलनमा वडा नम्बर २२ का अध्यक्ष महर्जनले भने, ‘आज साँच्चै जनताको जित भएको छ। जनता वर्तमान र भविष्यमा हार्दैन। प्रजातन्त्रमा जनताले मागेको मात्रै दिनुपर्छ भन्ने भाष्य स्थापित भएको छ।’

साथै, उनले न्युरोडलाई नाकाबन्दी गर्ने उद्देश्यका साथ सडक खुम्च्याउने काम हुन लागेको बताए। 

‘हाम्रो व्यापारिक केन्द्र न्युरोडलाई नाकाबन्दी गर्ने उद्देश्यका साथ सडक खुम्चाउने जुन उद्देश्य थियो, त्यो काम स्थगित गर्ने सहमति भएको छ,’ उनले भने, ‘कुनैपनि कार्य बनाउँदा पछि के हुन्छ भन्ने कुरा पनि स्थापित भएको छ।’

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .