ad ad

समाज


जहाज दुर्घटनाबाट यात्रुहरूको निधन भएकोमा संसदीय समितिद्वारा शोक प्रस्ताव पारित

जहाज दुर्घटनाबाट यात्रुहरूको निधन भएकोमा संसदीय समितिद्वारा शोक प्रस्ताव पारित

फाइल तस्बिर


नेपालखबर
साउन ९, २०८१ बुधबार १३:२८, काठमाडौँ

संसदीय समितिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति शोक प्रस्ताव पारित भएको छ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुहरूको निधन भएको भन्दै शोक प्रस्ताव पारित गरेको हो। 

बैठकले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेको छ।

त्यस्तै उद्धार गरिएको जहाजका पाइलट लगायतका घाइतेहरूको शिघ्र उपचार गर्न पनि ध्यानाकर्षण गराइएको छ।

बैठकले घाइतेहरूको सु–स्वास्थ्यको कामना समेत गरेको छ।

‘आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा जनधनको क्षति भएकोमा समिति शोक व्यक्त गर्दछ,’बैठकको निर्णयबारे जानकारी दिँदै समिति सभापति रामहरि खतिवडाले भने, ‘मृतक परिवारमा समवेदना प्रकट गर्दछ। पाइलट लगायत उक्त घटनामा घाइते हुनेहरुको शिघ्र उपचार होस् र सु–स्वास्थ्यको कामना कामना गर्दछ।’

बैठकमा बोल्दै सांसदहरूले जहाज दुर्घटनामा जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेका थिए।

उद्धार र घाइतेहरूको उपचारको व्यक्त शिघ्र गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .