ad ad

कारोबार


त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा

त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा

नेपालखबर
साउन ९, २०८१ बुधबार १३:३१, काठमाडौँ

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले प्रभावित भएको त्रिभुवन विमानस्थलको सेवा पुनः सञ्चालन भएको छ। 

त्रिभुवन विमानस्थलका अनुसार दुर्घटनाग्रस्त जहाजको उद्धारकार्य सकिएसँगै विमानस्थलमा उडान र अवतरण सुरु भएको हो। 

आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सुरु भएको हो। विमानस्थलका अनुसार दुर्घटनापछि विमान बंगलादेश र मलेसिया एयरलाइन्सको जहाज डाइभर्ट गरिएको थियो। 

यसबाहेक अन्य उडान डाइभर्ट नगरिएको हो। योसँगै चीनको ल्हासाबाट आएको हिमालय एयरलाइन्स, बैंककबाट आएको थाई एयरवेज र दिल्लीबाट आएको भुटान एयरलाइन्सको जहाज अवतरण भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .