ad ad

समाज


राशिफल २२ साउन : वृश्चिकलाई रोजगारी मिल्ने, मकरको सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउने, तपाईँको के?

राशिफल २२ साउन : वृश्चिकलाई रोजगारी मिल्ने, मकरको सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
साउन २२, २०८१ मंगलबार ४:३९, काठमाडौँ

आज मङ्‌गलबार, २२ साउन २०८१ (६ अगस्ट २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : आफन्त र साथीभाइले सहयोग गर्नेछन्। प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मिथुन : मनमा निराशा र शरीरमा आलस्य आउला। चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। मनमा चञ्चलता बढ्नेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। फलदायी यात्रा नहोला। साँझमा सबै कुरा मिल्दैन जानेछन्।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कर्कट : उपहार पाइने सम्भावना छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह : चिताएको कामले तीव्रता लिनेछ। धार्मिक यात्राको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ। रोकिएको काम दोहोर्‍याएर गर्दा सफलता मिल्नेछ। प्रणय प्रसङ्गका लागि राम्रो छ।

भाग्यशाली रङ निलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या : अधुरो काम पूरा हुनेछ। गरेको काममा सफलता मिल्नेछ। उपकार गरेर अरूको मन जित्न सकिनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

तुला : महत्त्वपूर्ण अवसर गुम्न सक्छ। अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्‍याउन नसक्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक : आँटे-ताकेको पूरा हुनेछ। रोजगारी मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग५६  र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : वाक्चातुर्यले कार्यसिद्ध हुनेछ। दाजुभाइ र दिदीबहिनीबाट सहायता मिल्नेछ। नयाँ व्यक्तिसित सम्पर्क हुनाले भाग्य बढ्नेछ। बाहिरी खानपान तथा मनोरञ्जनमा समयको भने ख्याल गर्नुपर्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धार्मिक यात्राले अनुहारमा चमकता आउनेछ। पुनर्मिलनको योग छ। प्रेम जीवन सबल र सफल हुनुका साथै दाम्पत्य जीवन सुखमय रहनेछ।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा पनि ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला।  अनावश्यक ठाउँमा धन खर्च होला। सद्विचारले प्रेरित हुनेहरूलाई साँझमा लाभ मिल्नेछ।

भाग्यशाली रङ कालो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मीन : अचल सम्पत्ति हात पर्न सक्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ। धार्मिक एवं सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .