समाज


३२ तोला सुन लुटेर फरार राजु थापा २३ वर्षपछि पक्राउ

३२ तोला सुन लुटेर फरार राजु थापा २३ वर्षपछि पक्राउ

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ११:५९,

२०५३ सालमा ३२ तोला सुन डाँका गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

साविक नुवाकोट समुन्द्रदेवी गाविस–४ हाल शिवपुरी गाउँपालिका–६ वस्ने राजु थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

थापालाई सर्वोच्च अदालतले गत २०७५ असार ११ गते ४ लाख २० हजार जरिवाना र ६ वर्ष कैद हुने ठहर गरेको थियो। उनलाई ब्यूरोको टोलीले मंगलबार काठमाडौंको मित्रनगरबाट पक्राउ गरेको हो।

फैसला कार्यान्वयनको लागि उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले डिल्लीबजार कारागार पठाइएको छ।

२०५३ फागुन १० गते राति भेष बहादुर गुरुङले हङकङबाट ल्याएको दश टिल (३२ तोला) सुन छिरिङ वाङ्गेल घले समेतले भन्सार छुटाई बाअग २८७३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा थापासमेतले काठमाडौंको भिमसेनगोलाबाट डाँका गरेकाे सीआईबीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .