राजनीति


दाह्री काट्न जान्छु भनेर निस्केका पूर्वसभासद् भारतमा मृत भेटिए

दाह्री काट्न जान्छु भनेर निस्केका पूर्वसभासद् भारतमा मृत भेटिए

शैलेन्द्र समदर्शी
फागुन २०, २०७६ मंगलबार ११:५०,

घरबाट दाह्री काटन जान्छु भनेर निस्केका पूर्वसभासद धर्मप्रसाद घिमिरे भारतमा मृत अवस्थामा भेटिएका छन्।

तीन दिन अगाडि घरबाट दाह्री काटन जान्छु भनेर निस्केका झापाको मेचीनगर–१३ दुहागढी घर भएका संविधानसभाका सभासद् एवं झापाका पुराना कम्युनिस्ट नेता घिमिरे मंगलबार बिहान दार्जिलिङ जिल्लाको बाघडुग्रामा मृत भेटिएका हुन्।

 बाघडुग्रा प्रहारीका अनुसार घिमिरेलाई एशियन हाइवे–२ को किनारमा मृत भेटिएका हुन्। प्रहरीका अनुसार उनको गाडीको ठक्करबाट निधन भएको हो। बिहान सबेरै घटना घटेको हुँदा ठक्करी दिन सवारीसाधनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

मृतकका भाइ नरेन्द्रप्रसाद घिमिरे बाघडुग्रा आइ दाजुको शव पहिचान गरेका छन्। उनले फागुन १६ गते अपरान्ह दाह्री, कपाल काट्न चारआली बजार जान्छु भनी निस्केका दाइ त्यसपछि सम्पर्कविहीन भएको जानकारी दिए।

उनले दाजु पछिल्लो ८ वर्षदेखि डिप्रेसनमा रहेकाले नियमित औषधि सेवन गर्दै आइरहेको जानकारी दिए।

घिमिरेले झापा क्षेत्र नम्बर १ बाट २०६४ मा संविधान निर्वाचनमा तत्कालीन माओवादीका तर्फबाट विजयी भएका थिए।

उनी झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोगेका व्यक्ति हुन्। नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .