ad ad

समाज


चोरिएका २ मोटरसाइकलसहित काठमाडौँबाट ३ जना पक्राउ

चोरिएका २ मोटरसाइकलसहित काठमाडौँबाट ३ जना पक्राउ

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १२:४८, काठमाडौँ

मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौँबाट तीनजना युवकलाई पक्राउ गरेको छ। चाबहिल  र स्वयम्भुबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा नुवाकोट घर भई हाल काठमाडौंको  चाबहिल  बस्ने २८  वर्षीय सन्तोष फुयाँल,  मकवानपुर घर भई हाल स्वयम्भु नै बस्ने ३० वर्षीय सूर्य बहादुर स्याङ्तान र पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मा छन्। 

फुँयाल र स्याङतान स्वयम्भुबाट र शर्मालाई स्वयम्भुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरुले बागमती प्रदेश ०२–०४९ प ०१९०  नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०४६ प ९० १९ राखेर चलाएको पाइएको प्रहरीले जनाएको छ। सो मोटरसाइकलसहित फुँयाल र स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको हो।  

त्यसैगरी सुदूरपश्चिम प्रदेश ०१००९ प ७८ १५ नम्बरको मोटरसाइकललाई नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३७ प ७७ १५ नम्बर राखी चलाइ रहेको अवस्थामा शर्मालाई शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

बागमती प्रदेश ०२–०४९ प ०१९० नम्बरको मोटरसाइकल झापाको बिर्तामोड नगरपालिका ८ घर भई हाल अनामनगर बस्ने प्रदीप अधिकारीले गत साउन २० गते हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए।

त्यसैगरी सुदूर पश्चिम प्रदेश ०१९००९ प ७८ १५ नम्बरको मोटरसाइकल हराएको भनी डडेल्धुराको परशुराम नगरपालिका ४ घर भई कीर्तिपुर बस्ने डम्बर सिंह मालले पनि खोजतलासको निवेदन दिएका थिए।

फुँयाल र स्याङतानलाई प्रहरी वृत्त सिंहदरबार र शर्मालाई प्रहरी वृत्त कीर्तिपुरमा राखेर थप अनुसन्धान अघि बढाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .