ad ad

समाज


मोटरसाइकल दुर्घटनामा २१ वर्षीय युवकको मृत्यु, अर्का घाइते

मोटरसाइकल दुर्घटनामा २१ वर्षीय युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
भदौ १३, २०८१ बिहिबार २०:३०, काठमाडौँ

धरानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।

धरान उपमहानगरपालिका–१७ स्थित सडकमा प्रदेश १–०२–०५० प ५५९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको लेटाङ नगरपालिका–७ बस्ने २१ वर्षीय यादव लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ।

धरानबाट चतरातर्फ जाँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार यादव   गम्भीर घाइते भएका थिए। उनको बिपि कोइराला
स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .