ad ad

राजनीति


ग्वान्जाउ, कोलकाता र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त

ग्वान्जाउ, कोलकाता र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त

नेपालखबर
भदौ १६, २०८१ आइतबार १६:५६, काठमाडौँ

सरकारले विभिन्न तीन महावाणिज्यदूतावासमा महावाणिज्यदूत नियुक्त गरेको छ। 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीनको ग्वान्जाउ र ल्हासा तथा भारतको कोलकाताका लागि महावणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो।

महावाणिज्यदूतमा नियुक्त हुनेहरूमा सहसचिवहरू झक्कप्रसाद आचार्य, भरत खनाल र लक्ष्मीप्रसाद निरौला छन्। खनाल ग्वान्जाउमा, आचार्य कोलकाता र निरौला ल्हासाका लागि महावाणिज्यदूत नियुक्त भएका हुन्।

महावाणिज्य दूत बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ३२ गते उनीहरूको परराष्ट्र मन्त्रालयमा सरुवा गरेको थियो। 

महावाणिज्य दूतहरूको कार्यकाल ४ वर्षको हुन्छ। विभिन्न देशमा गरी नेपालका ५ महावाणिज्य दूतावास रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .