ad ad

समाज


अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आउन दुई दिन लाग्ने

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आउन दुई दिन लाग्ने

नेपालखबर
भदौ १३, २०८१ बिहिबार २१:५, जुम्ला

अविरल वर्षाले अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन दुई दिन लाग्ने भएको छ।

सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत गएराति आएको अविरल वर्षाले कालिकोटको गगनेखोला र दहीखोलामा पहिरोले सडक पूरै भत्किएपछि पुनःनिर्माण गर्न दुई दिनसम्म लाग्ने सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।

‘कार्यालयबाट दुई जना सव–इन्जिनियर र कामदार अवरुद्ध ठाउँमा खटाएको र सडक सञ्चालनका लागि सुर्खेत सडक डिभिजन कार्यालयबाट थप सहयोग माग गरिएको उनले जानकारी दिए। अहिले मेसिनको सहयोगमा पहिरो पन्छ्याउने काम भइरहेको जिटीले बताए।

यो वर्षमा साना ठूला गरी राजमार्गमा करिब ४० भन्दा बढी पटक पहिरा जाँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। राजमार्ग बन्द हुँदा जुम्ला, मुगु र कालिकोटबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनबीच बाटोमै रोकिँदा यात्रुहरु अलपत्रमा परेका छन्।

वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो गएपछि माथिल्लो कर्णालीका स्थानीयवासीलाई दुःख हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .