ad ad

राजनीति


रिक्त स्थानीय जनप्रतिनिधिको विवरण भदौ १६ भित्र पठाउन सर्कुलर

रिक्त स्थानीय जनप्रतिनिधिको विवरण भदौ १६ भित्र पठाउन सर्कुलर

नेपालखबर
भदौ १३, २०८१ बिहिबार २१:९, काठमाडौँ

सरकारले रिक्त जनप्रतिनिधि विवरण तत्काल उपलब्ध गराउन सर्कुलर गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै भदौ १६ गतेभित्र विवरण उपलब्ध गराउन भनेको छ।

निर्वाचन आयोगले यही भदौ ५ गते मन्त्रालयलाई पत्र पठाउँदै उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहको विवरण माग गरेको थियो। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ को उपदफा २ बमोजिम निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरिरहेको छ।

जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष एवं गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा त्यस्तो पदमा बाँकी पदावधिका लागि उपनिर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोगबाट त्यसको विवरण माग भएको भन्दै मन्त्रालयले परिपत्र गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .