ad ad

समाज


डुब्यो राजधानी (तस्बिरहरू)

डुब्यो राजधानी (तस्बिरहरू)

सरोज बैजु
असोज १२, २०८१ शनिबार १४:४०, काठमाडौँ

गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवत प्रभावित बनेको छ। संघीय राजधानी काठमाडौँका अधिकांश ठाउँहरू डुबानमा परेका छन्। 

प्रहरीले दिएको जानकारी अनुसार, अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्रै २१ जनाले बाढी पहिरोमा परेर ज्यान गुमाएका छन्। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन्। 

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरी तैनाथ छन्। 

काठमाडौँको बल्खु, टेकु, थापाथली, च्यासल, शंखमुल लगायतका क्षेत्र बाढीको डुबानमा परेका छन्।

गृहमन्त्री रमेश लेखकले सरकार विपद्बाट पर्नसक्ने क्षति कम गर्न सक्रिय रहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .