ad ad

समाज


यी हुन् बाढी–पहिरोका कारण काठमाडौँमा ज्यान गुमाउने ११ जना

यी हुन् बाढी–पहिरोका कारण काठमाडौँमा ज्यान गुमाउने ११ जना

नेपालखबर
असोज १२, २०८१ शनिबार १६:३३, काठमाडौँ

लगातारको वर्षाका बाढी–पहिरोमा परी  कारण काठमाडौं जिल्लामा मात्रै ११ जनाको मृत्यु भएको छ। 

इलाका प्रहरी फर्पिङले दिएको जानारी अनुसार दक्षिणकाली नगरपालिकाका ४३ वर्षीय भवीन्द्र लिम्बु, ४० वर्षीय कुमार तामाङ, २३ वर्षीया मनु तामाङ, ३७ वर्षीय प्रेम बलामी, ३४ वर्षीय कान्छा बलामी र ५० वर्षीया देवी लिम्बुको मृत्यु भएको छ। 

प्रहरी वृत्त स्वयम्भूका अनुसार सप्तरी, अग्निसयर कृष्ण सौरण– २ घर भई हाल काठमाडौँको इचंगुनारायणमा बस्ने आन्दाजी ४०/४५ वर्षीय सचिन शाहको मृत्यु भएको छ। 

थानकोट प्रहरी वृत्तका अनुसार चन्द्रागिरि नगरपालिका–२ का ३८ वर्षीय गर्व तामाङ र उनकी श्रीमती ३६ वर्षीया सविना तामाङको निधन भएको छ। 

प्रहरी वृत्त कीर्तिपुरका अनुसार अर्घाखाँची घर भई हाल कीर्तिपुर बस्ने २४ वर्षीय अजय पाण्डे र एक पहिचान नखुलेका व्यक्ति पुरुषको मृत्यु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .