काठमाडौँमा बाढीपहिरोमा परेर अहिलेसम्म नौजनाको मृत्यु भएको छ।
गएरातिदेखि हालसम्म काठमाडौँका विभिन्न स्थानमा डुवान तथा पहिरोमा परेर नौ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
बाढी पहिरोमा परेर ६ जना बेपत्ता भएका छन् भने १० जना घाइते भएका छन्। बेपत्तामध्ये ५ जना पहिरोमा पुरिएका र १ जनालाई खोलाले बगाएको हो।
काठमाडौँका विभिन्न ठाउँमा बाढीपहिरोमा फसेका पाँचसय ८९ जनाको उद्धार गरिएको छ।
काठमाडौँमा हालसम्म १ हजार २४४ घर पहिरो तथा डुबानमा परेका छन्। ८ वटा प्रहरी कार्यलय पनि डुबानमा परेको छ। सयौँ पशु चौपाया बाढी पहिरोमा परेका छन्।
काठमाडौँमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक वसन्त रजौरेको कमाण्डमा ३ हजार ६० जना प्रहरी उद्धारमा खटिएका छन्।
15
Shares
प्रतिक्रिया