ad ad

कोशी


पहिरोमा परी धनकुटामा २ जनाको मृत्यु, २ घाइते

पहिरोमा परी धनकुटामा २ जनाको मृत्यु, २ घाइते

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८१ शनिबार १४:२, धनकुटा

धनकुटाको पाख्रीबास नगरपालिका–५ गुरासे देवीथान स्थितमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ। असोज १२ गते बिहान अरिवल बर्षाको कारण पाख्रीबास–५ का सन्तोष तामाङको घरमामाथिबाट पहिरो झर्दा किचिएर उनकी ३२ बर्षीया श्रीमती आशा तामाङ र सासुआमा ५० बर्षीया रामकुमारी तामाङको घटना स्थलमा नै मृत्यु भएको छ। 

घटनाको जानकारी प्राप्तहुना साथ तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक श्यामसिंह चौधरी सहितको टोलीले उद्धारको क्रममा पुरिएको मृत अवस्थमा दुई जनाको शव फेला पारेको हो।

त्यस्तै घाईते अवस्थामा सोही घरमा रहेकी छिमेकी  २४ बर्षीया मिन माया तामाङलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको प्रहरीले जनाएको छ।

त्यसैगरी छथरजोरपाटी गाउँपालिका–२ का चन्द्रबहादुर बाजिम्पाक मगरको घरमामाथिबाट पहीरो झरी घर पुरिंदा उनको २० बर्षीया छोरी सृजना बाजिम्पाक मगर घाईते भएकोमा प्रहरी चौकी जोरपाटीबजारबाट उद्धारमा खटिएको प्रहरी टोलीले उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .