ad ad

समाज


काभ्रे, सिन्धुली र मकवानपुरमा पठाइयो सेनाको हेलिकप्टर

काभ्रे, सिन्धुली र मकवानपुरमा पठाइयो सेनाको हेलिकप्टर

नेपालखबर
असोज १२, २०८१ शनिबार १७:४५, काठमाडौँ

गृह मन्त्रालयले प्राकृतिक विपद्बाट प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ।

शनिबार दिउँसो मौसम समान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्धारका लागि सेनाको हेलिकप्टर काभ्रेपलाञ्चोक, मकवानपुर र सिन्धुली पाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

‘प्रभावित क्षेत्रमा मौसम प्रतिकुल हुँदा हेलिकप्टर पठाउन सकिएको थिएन,’ उनले भने, ‘मौसममा सुधार आएपछि तीन वटा जिल्लामा सेनाका हेलिकप्टर पठाएका छौँ।’

सेनाको हेलिकप्टरले शनिबार काठमाडौँ उपत्यका लगायत विभिन्न प्रभावित स्थानबाट उद्धार गरेको थियो।

विपद्‌बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्‌मा परेकाहरुको खोज तथा उद्दारमा २० हजार भन्दा बढी सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जनाएको छ।

गृहमन्त्री रमेश लेखकले उद्धार, राहत तथा घाइतेको स्वास्थ्य र अवरुद्ध सडक सुचारू गर्न सरकार लागि परेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .