काठमाडौँको चन्द्रगिरि नगरपालिका–२ मसिनेमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार (आज) बिहान घरमाथिबाट आएको पहिरोले पुरिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो।
सोही वडाका वडाध्यक्ष लवराम सुवेदीका अनुसार मसिनेका ३९ बर्षीय गर्वे तामाङ र उनकी ३६ बर्षकी श्रीमती सविना तामाङको घटनास्थलमै मृत्यु भएको हो।
पहिरोमा परेर गर्वेकी ६५ बर्षीय आमा र ११ बर्षकी छोरी घाइते भएका छन्। घाइते उनीहरुको यति याक सशस्त्र अस्पतालमा उपचार भैरहेको वडाध्यक्ष सुवेदीले जानकारी दिए।
66
Shares
प्रतिक्रिया