ad ad

समाज


आजदेखि मौसम सुधार हुने सम्भावना

आजदेखि मौसम सुधार हुने सम्भावना

योचाहिँ शुक्रबार साँझपख घाम लागेपछि काठमाडौँको चन्द्रागिरि-१ दहचोकबाट चन्द्रागिरि डाँडातर्फ फर्केर लिइएको तस्बिर हो।


नेपालखबर
असोज १३, २०८१ आइतबार ८:३२, काठमाडौँ

आज (आइतबार) देखि मौसम सुधार हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

बिहान ८:२४ बजे सूचना जारी गरी महाशाखाले अबका ३ दिन ठूलो वर्षाको सम्भावना कम रहेको जानकारी दिएको हो। 

तर पनि वर्षा भने जारी नै रहने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। 

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ- विगत केही दिनदेखि देशभरको मौसमी अवस्थामा आजबाट सुधार हुने सम्भावना छ। आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून छ। तर, आगामी २४ घण्टाका लागि कोसी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .