ad ad

ग्लोबल


हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएपछि बेहोस भएर रोए समर्थक

हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएपछि बेहोस भएर रोए समर्थक

हिजबुल्लाह नेता हसन नसरल्लाहको तस्बिर


नेपालखबर
असोज १२, २०८१ शनिबार २१:९, काठमाडौँ

हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएपछि बीबीसी संवाददाता करेन टोर्बीले लेबनानको राजधानी बेरुतनजिकैको अन-अल मारासेहमा बस्ने केही विस्थापित व्यक्तिसँग कुरा गरेका छन्।

उनका अनुसार हसन नसरल्लाहको मृत्युको खबरले यीमध्ये धेरै मानिस स्तब्ध भएका छन्।

कतिपय बेहोस भएर भुइँमा लडे, कोही चिच्याउँदै र यताउता दौडिए।

एक महिलाले भनिन्, ‘म चाहन्छु उनीहरूले बरु हामी सबैलाई मारून्, उन (नसरल्लाह) लाई छाडिदिऊन्।’ 

अर्की महिलाले भनिन्, ‘अब म कसरी देहिएहमा फर्किनु, जब सय्यद (नसरल्लाह) अब यो संसारमा छैनन्।’

नसरल्लाह आफ्ना समर्थकका शीर्ष नेता मात्र नभई, उनीहरूको आइडल पनि थिए। उनको मृत्युपछि जनता गहिरो शोकमा छन्।

बेरुतका सबैजना हिज्बुल्लाहका समर्थक होइनन्, तर सडकमा केही मानिसले आफ्नो क्रोध र शोक व्यक्त गर्न फायरिङसमेत गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .