ad ad

समाज


छविलाल जोशीलाई रिहा गर्न सर्वोच्चको अस्वीकार, रिट खारेज

छविलाल जोशीलाई रिहा गर्न सर्वोच्चको अस्वीकार, रिट खारेज

नेपालखबर
असोज १६, २०८१ बुधबार १८:१४, काठमाडौँ

पोखराको सुर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका छबिलाल जोशीलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

उनको तर्फबाट अधिवक्ता रोचक जोशीले बन्दी प्रत्येक्षीकरणको रिट दायर गरेका थिए। 

उक्त रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र अव्दुल खजीज मुसलमानको संयुक्त इजलासले रिट खारेज गर्ने निर्णय सुनाएको हो। 

गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्व डीआईजी जोशीलाई काडमाडौँमा पक्राउ गरेर कास्की पठाएको थियो। 

उनलाई जिल्ला अदालत कास्कीको अनुमतिमा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। 

तर आफूलाई गैर कानुनी रुपमा हिरासतमा राखिएको माग गर्दै जोशीले सर्वोच्च अदालतमा रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। 

गत माघमा जोशीसहित पूर्व गृहमन्त्री रबि लामिछाने लगायतविरुद्ध सहकारी ठगीको पुरक जाहेरी कास्की प्रहरीमा परेको छ। तर पुरक जाहेरी परेका अन्य प्रतिवादीहरु अनुसन्धानको दायरामै नआउँदा जोशीलाई भने हिरासतमा राखिएको छ।

यसअघि प्रहरीले उनीहरु संलग्न संस्थामा छापा मात्रै कागज नियन्त्रणमा लिएको थियो। 

लामिछानेसहितका आरोपीसँग सोधपुछ पनि गरेको थियो। 

सहकारी छानविन विशेष संसदीय समितिले पनि उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ।

तर समितिले सिफारिस गरेको जीबी राई मलेसियामा फरार हुँदा लामिछाने पनि कानुनी दायरामा आउन सकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .