ad ad

समाज


पछिल्लो २४ घण्टामा देशका यी ३ स्थानमा भयो भारी वर्षा

पछिल्लो २४ घण्टामा देशका यी ३ स्थानमा भयो भारी वर्षा

नेपालखबर
असोज १८, २०८१ शुक्रबार ८:२१, काठमाडौँ

पछिल्लो २४ घण्टामा देशका तीन स्थानमा भारी (५० मिलिमिटरभन्दा बढी) वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ८:१२ बजे दिएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा मकवानपुरका २ र नवलपरासी पूर्वको १ स्थानमा भारी वर्षा भएको हो। 

जसअनुसार नवलपरासी पूर्वको दुम्कौलीमा ८६ मिलिमिटर वर्षा भएको छ भने मकवानपुरका मकवानपुर गढी र हात्तीसुँडेमा क्रमशः ७० मिलिमिटर र ६१.२ मिलिमिटर वर्षा भएको छ। 

देशका अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षा मात्र भएको छ। 

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ। 

यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .