काठमाडौं उपत्यकामा अहिले (दिउँसो ४:२१ बजे) व्यापक वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाकी माैसमविद् विभूति पाेखरेलका अनुसार वर्षा भर्खरै सुरु भएको हो र यो बढ्दाे क्रममा छ।
‘भर्खर सिस्टम सुरु भएकाे हाे, अहिले उपत्यकाभर जसो नै वर्षा भइरहेको छ,’ नेपालखबरसँग उनले भनिन्, ‘यो कम्तीमा २–३ घण्टा रहने देखिन्छ।’
अहिले नै यसलाई भारी वर्षा भन्न नमिल्ने तर यो निरन्तर जारी रहे भारी वर्षामा परिणत हुन सक्ने उनले बताइन्।
आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार विभिन्न प्रदेशका साथै बागमती प्रदेशका पनि एक-दुई स्थानमा भारी वर्षा हुने गरिएकाे छ।
थप विवरण यहाँ : आज यी प्रदेशमा दिउँसो र राति दुवै समय भारी वर्षाको सम्भावना, होसियारी अपनाउन २४ घण्टे चेतावनी
3
Shares
प्रतिक्रिया