ad ad

समाज


स्वास्थ्य संस्थामा शिशु जन्माउनेलाई आठ हजार आठ सय रुपैयाँ

स्वास्थ्य संस्थामा शिशु जन्माउनेलाई आठ हजार आठ सय रुपैयाँ

नेपालखबर
पुस ३, २०७७ शुक्रबार १२:१४,

नियमितरूपमा जाँच गरी स्वास्थ्य संस्थामा शिशु जन्माउने आमालाई तत्कालै मेलुङ गाउँँपालिकाले रु आठ हजार ८ सय दिने गरेको छ।

आर्थिक वर्ष २०७७/०७८ को शुरुदेखि नै गाउँँपालिकाले संघीय सरकारले प्रदान गर्ने रु तीन हजार ८ सयमा रु पाँच हजार थप गरेर सो रकम दिने गरेको हो।

सुत्केरी स्याहार खर्च र सुत्केरी पोषण खर्चका नाममा पालिकाका सबै वडामा सो रकम वितरण गरिँदै आएको छ। हालसम्ममा १ सय जनालाई वितरण गरिएको गाउँँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए।

सुरक्षितरूपमा शिशु जन्माएर बाल मृत्युदर र मातृ मृत्युदर कम गर्ने उद्देश्यले जिल्लामै यो नमुना नमुना काम सो गाउँँपालिकाले गर्दै आएको छ।

मृतकको घरमै किरिया खर्च
उक्त गाउँँपालिकाभित्र जुनसुकै कारणले मृत्यु भएकाका परिवारलाई तत्काल रु पाँच हजार दिने गरेको छ।

वडा सचिवमार्फत आफ्नो क्षेत्रभित्र मृत्यु भएका परिवारलाई तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले घरमै पु¥याइदिने गरेको हो। समाजलाई समाजिक रूपान्तरण गर्ने कुराको महशुस गर्दै गाउँँपालिकाले छैटौँ गाउँँसभा अधिवेशनबाट सो रकम दिइँदै आएको अध्यक्ष श्रेष्ठले बताए।

आव २०७७÷७८ बजेट नीति तथा कार्यक्रममा किरिया खर्चका लागि रु पाँच लाख र सुत्केरी पोषण खर्चका लागि रु पाँच लाख विनियोजन गरेकामा यसले नपुग्ने देखिएकाले आगामी हिउँदे अधिवेशनबाट रु पाँच÷पाँच लाख थप गर्ने गाउँँपालिकाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .