ad ad

कारोबार


लुम्विनी चिनी उद्योगले माग्यो उखुको बक्यौता भुक्तानी गर्न माघ २ गतेसम्मको समय

लुम्विनी चिनी उद्योगले माग्यो उखुको बक्यौता भुक्तानी गर्न माघ २ गतेसम्मको समय

नेपालखबर
पुस ३, २०७७ शुक्रबार १२:१६,

नवलपरासी पश्चिमको लुम्विनी चिनी उद्योगले माघ १० गतेबाट कृषकको बक्यौता भुक्तानी गर्ने प्रतिवद्धता जनाउँदै सूचना जारी गरेको छ।

शुक्रबार नवलपरासी प्रशासनमा बुझाइएको सूचनामा कम्पनीले ढिलोमा पनि माघ २ गतेबाट भुक्तानी गर्ने जनाएको छ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले सूचना आएको जनाउँदै त्यसमा विस्वस्त हुन नसकिने र प्रशासनले आफ्नो कारबाही अगाडि बढाउने बताए।

‘अब एक महिना पछिको आश्वासन दिएर हामी कारबाही प्रक्रिया रोक्न सक्दैनौं’, प्रजिअ पाठकले नेपालखबरसँग भने, ‘भुक्तानी सुरु गरेको भए एउटा कुरा हुन्थ्यो, उनीहरुले संस्थागत झमेला देखाएका छन्, त्यो उनीहरुको कुरा हो दुई वर्षदेखि रोकिएको भुक्तानी अब आश्वसनका भरमा हुँदैन।’

उद्योगका सञ्चालक शुशिला गोयललाई पक्राउ गर्न बिहीबार मात्रै अदालतले पक्राउ पूर्जि जारी गरेको थियो। शुशिलाले श्रीमानको मृत्युपछि जेठाजु मनोज कुमार अग्रवालको नाममा उद्योग नामसारी गर्दैछिन्। तर त्यसको प्रक्रिया पुरा गर्न करिव एक महिना लाग्ने उनीहरुको भनाई छ।

यही कारण भुक्तानीमा ढिलाइ भएको उद्योगको भनाई छ। उद्योगले उखु खरिद गरेको करिव साढे ८ कराेड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। कृषकले भने १० करोड रुपैयाँ पाउन बाँकी रहेको दाबी गरेका छन्।

पश्चिम नवलपरासीकै इन्दिरा चिनी उद्योगले भने कुनै प्रतिक्रिया जनाएको छैन। बुधबार यो उद्योगका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भइसकेको छ। दुवै उद्योगका सञ्चालकलाई पक्राउ गर्न परिपत्र गरिसकेको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए।

उनले भने, ‘कृषकको उजुरी परेको छ, हामीले पक्राउ पूर्जि लिएर उनीहरुको खोजि तिब्र बनाएका छौं तर हालसम्म फरार छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .