समाज


अमेरिकामा गोली चल्दा कम्तीमा २ जनाको मृत्यु, २० भन्दा बढी घाइते

अमेरिकामा गोली चल्दा कम्तीमा २ जनाको मृत्यु, २० भन्दा बढी घाइते

नेपालखबर
जेठ १७, २०७८ सोमबार ०:४४,

फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केर भीडमा अन्धाधुन्ध गोली हानेका थिए । आइतवार बिहानमा एल मुला बैंक्वेट हलको बाहिरपट्टी उक्त गोली काण्ड भएको थियो।

मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले ट्वीट मार्फत् यो जानकारी दिएका हुन्। यसअघि शनिबार मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा सात जना घाइते भएका थिए।

गोली प्रहारका कारण अमेरिकामा वार्षीक रूपमा सयौँको मृत्यु र हजारौं घाइते हुने गरेका छन्।

हालै अमेरिकामा गोली हानी नागरिकको हत्या गर्ने क्रम व्यापक बनेपछि राष्ट्रपति जो बाइडेनले गत महिना सम्बोधन गर्दै यस्ता आक्रमणकारी राष्ट्रको कलङ्क भएको बताएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .