चितवनको भरतपुर महानगरपालिकाले पनि ब्रुमर प्रयोग गरेर सडक सफा गर्न थालेको छ।
महानगरले एक महिनाअघि मात्रै ८४ लाख रुपैयाँ खर्च गरेर ब्रुमर ल्याएको हो ।
महानगरको आन्तरिक ब्यबस्थापन तथा खरिद शाखा प्रमुख झलककुमार श्रेष्ठका अनुसार ८४ लाख रुपैयाँ खर्चेर महानगरले काठमाडौँबाट खरिद ब्रुमर ल्याएको हो।
भरतपुर महानगरकी मेयर रेनु दाहालले ब्रुमरमार्फत् सडक सफा गर्दा भरतपुरलाई स्वच्छ र सफा राख्न सहयोग पुग्ने बताएकी छन्।
‘निर्माण सम्पन्न भएका सडकहरूमा महानगरले अब यसरी नै सडकको सरसफाइलाई ध्यान दिनेछ। भरतपुरलाई हामी स्वच्छ, सफा र हराभरा महानगर बनाउनेछौँ,’ सडक बडार्दै गरेको ब्रुमरको तस्बिर शुक्रबार बिहान सामाजिक सञ्जालमा राख्दै मेयर दाहालले लेखेकी छन्।
84
Shares
प्रतिक्रिया