ad ad

समाज


बाढीले पूर्वपश्चिम राजमार्गको कलभर्ट बगायो

कञ्चनपुरको वेदकोटमा यातायात बन्द
बाढीले पूर्वपश्चिम राजमार्गको कलभर्ट बगायो

गोकुल जोशी
असार २४, २०८१ सोमबार ९:१३, कञ्चनपुर

अविरल वर्षाले कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा पूर्वपश्चिम राजमार्गकाे कलभर्ट भत्किएको छ। 

कलभर्ट भत्किँदा राजमार्गमा सवारी साधनको आवात जावत बन्द भएको छ। 

खोलामा आएको बाढीले आइतबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुडाचोक नजिक पर्ने कल्भर्ड भत्किएको हो।

कलभर्ट भत्किएपछि महेन्द्र राजमार्गको सुडाचोक भएर आवातजावत ठप्प भएको प्रहरीले जनाएको छ। 

यात्रुहरु वैकल्पिक बाटोको प्रयोग गरेर ओहोरदोहोर गर्न बाध्य छन्। अविरल वर्षाले कञ्चनपुर र कैलालीका अधिकाँश बस्ती डुबानमा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .