ad ad

कारोबार


जेको जे६ : ईभीमा ‘फुल अफरोडर’को अनुभव (भिडिओ)

जेको जे६ : ईभीमा ‘फुल अफरोडर’को अनुभव (भिडिओ)

जेको जे६ ले धुलिखेलको डर्ट टेम्पलमा ‘फुल अफरोडर’को अनुभव दिएको छ (सरोज बैजु)


सरोज बैजु
असोज ६, २०८१ आइतबार १२:४, काठमाडौँ

जेको जे६ ले धुलिखेलको डर्ट टेम्पलमा ‘फुल अफरोडर’को अनुभव दिएको छ।

विद्युतीय गाडीका नयाँ नयाँ ब्रान्ड र मोडल भित्रिरहँदा नेपाली ग्राहक ईभीमा अफरोडरको अनुभव खोजिरहेका थिए। 

नेपालमा एसपीजी अटोमोबाइल्सले चिनियाँ ब्रान्ड चेरीको जे६ ब्रान्ड नाडा अटो शोमार्फत बजारमा सार्वजनिक गरेसँगै अब त्यो पूरा भएको छ। अटो शोमा गाडी देखेका ग्राहकले शुक्रबार धुलिखेलको डर्ट टेम्पलमा आफैँले गाडी कुदाएर मज्जाले अनुभव लिन पाएका हुन्। 

गाडी कुदाउने अधिकांशले नेपाली सडकअनुसारको गाडी भएको प्रतिक्रिया दिए। अधिकांशले नेपालको जुनसुकै ठाउँमा जेको जे६ कुदाउन अप्ठ्यारो नहुने अनुभव सुनाए।

भिडिओ

भरपर्दो फिचर्स, मजबुत सुरक्षा
जे६ रियर ह्विल ड्राइभमा उपलब्ध छ। अधिकतम १५० किलोमिटर प्रतिघण्टा गति दिने यो गाडीको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ।

यसले खाल्डाखुल्डी र कच्ची सडकमा कुदाउँदा गाडीले छुने सम्भावना कम हुन्छ। 

यसमा १३५ किलोवाट मोटर पावर छ भने १८४ पीएस पावर र २२० एनएम टर्क दिन्छ। यसले ० देखि १०० किलोमिटरको गति १०.५ सेकेन्डमै लिन्छ।

यसमा ६ एयरब्याग रहेको जे६ मा लिथियम आइरन फस्फेट ब्याट्रीको प्रयोग छ।

४०० किमि रेन्ज, आधा घण्टामै फुलचार्ज!
एक पटक फुल चार्ज गर्दा ४०० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिन्छ। चार्जिङ समय ७.२ किलोवाट एसी चार्जरबाट १० घण्टा र डीसी फास्ट चार्जरबाट आधा घण्टामै फुल चार्ज हुन्छ। 

गाडीमा पानोरामिक सनरुफ, १५.६ इन्च सेन्ट्रल कन्ट्रोल सिस्टम, प्रिमियम इन्फिनिटी साउन्ड सिस्टम र फ्रन्ट तथा रियर ड्युअल मोटर छ। यो गाडीमा ५ जना आरामले बस्न मिल्छ। 

गाडीमा सुरक्षाको लागि ६ एयरब्याग, एलटु एडीएस, भेहिकल स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा उपलब्ध छन्।

गाडीको मुख्य फिचर्समा ५० वाटको वायरलेस चार्जर, डुअल जोन एसी, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटरलगायत छन्।

डाइमेन्सन र मूल्य 
गाडीको डाइमेन्सनतर्फ ४४०६ लम्बाइ, १९१० चौडाइ, १७१५ उचाइ र ह्विलबेस २७१५ एमएम छ।

१९ इन्च अलोय ह्विल रहेको गाडीमा जेको ब्रान्डले ८ वर्षको वारेन्टी दिएको छ। 

जेको जे६ को प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ।

दशैँ तिहारको अवसरमा कम्पनीले ३ लाख रुपैयाँ छुट पनि दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .