समाज


धवलागिरिकी गर्भवतीलाई हेलिकोप्टरमार्फत् पोखरा लगियो

धवलागिरिकी गर्भवतीलाई हेलिकोप्टरमार्फत् पोखरा लगियो

फाइल तस्बिर


नेपालखबर
फागुन ५, २०८० शनिबार ६:३७, म्याग्दी

म्याग्दीको विकट धवलागिरि गाउँपालिका–४ मुदीबगरकी  एकजना गर्भवतीको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ। 

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र धवलागिरि गाउँपालिकाको समन्वयमा बगरगाउँकी तुलसा बुढाथोकीलाई उद्धार गरिएको हो।

धवलागिरि गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बिहीबार साँझ ६ बजेदेखि प्रसूति ब्यथाले लागेपछि पेटमा रहेको बच्चाको धड्कन पनि अनियमित भएकाले तत्काल ‘एयरलिफ्ट’ गरेर पोखरा लगिएको जानकारी दिए। 

‘पाठेघर खुल्न विलम्ब, रक्तचाप कम हुँदै गएको र बच्चाको धड्कन अनियमित भएको हुँदा हेलिकप्टरमा पोखरा पठाएका थियौँ’, उनले भने, ‘पोखराको गण्डकी अस्पतालमा अपराह्न बुढाथोकी सुरक्षितरूपमा सुत्केरी हुनुभएको छ।’ 

आमा र बच्चाको अवस्था खतरामुक्त रहेको अस्पतालका चिकित्सले बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .