ad ad

समाज


पोखराको सेती नदीमा माछा मार्ने क्रममा एकको मृत्यु, अर्का एक बेपत्ता

पोखराको सेती नदीमा माछा मार्ने क्रममा एकको मृत्यु, अर्का एक बेपत्ता

नेपालखबर
फागुन १४, २०८० सोमबार ११:२१, का‍स्की

कास्कीको पोखरास्थित सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। 

पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा पोखरा १ घर भएका ४० वर्षीय गंगा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

तामाङको शव गएराति सशस्त्र प्रहरीले नदीबाट निकालेको हो। उनी आइतबार दिउँसोदेखि नदीमा बेपत्ता थिए। 

गंगासँगै माछा मार्न गएका सोही ठाउँमा ४३ वर्षीय रक्सेस तामाङ अझै बेपत्ता छन्। 

उनको सशस्त्र प्रहरी बल नेपाल नम्बर–२४ कालिका गणबाट गएको गोताखोर र विपद् उद्धार टिमले खोजी गरिरहेको छ। 

पाँच जनाको समूहमा आइतबार दिउँसो उनीहरु माछा मार्न गएका स्थानीयले बताएका छन्। अन्य ३ जना भने सकुशल घर फर्किएका प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .