ad ad

समाज


पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु मर्कामा

पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु मर्कामा

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०८१ मंगलबार ९:४३, बागलुङ

अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।

सोमबार साँझदेखिको परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए। अहिले वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या भएको उनले बताए।

‘हिजो साँझदेखि ठूलो वर्षा भइरहेको हुँदा पहिराले सडक छेउबाट भासिएको छ। पहिले पनि यही ठाउँमा सडक भासिदा लामो समय अवरुद्ध भएको थियो’, उनले भने, ‘अहिले पनि सोही ठाउँमा सडक बगाएको छ, अहिले वर्षा भइरहेको हुँदा खुलाउने सम्भावना छैन। वर्षा रोकियो भने बल्ल खुलाउने प्रयास गर्ने छौँ।’

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ। जैमिनीका किसानले दूध बागलुङ बजारमा ल्याउँदै आएकामा सडक अवरुद्ध हुँदा समस्यामा परेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .