ad ad

समाज


मोरङबाट लागूऔषध र ५ लाख ३८ हजार नगदसहित ४ जना पक्राउ

मोरङबाट लागूऔषध र ५ लाख ३८ हजार नगदसहित ४ जना पक्राउ

नेपालखबर
चैत २, २०८० शुक्रबार १३:४८, मोरङ

प्रहरीले मोरङको सुन्दर हरैचाबाट लागूऔषध र पाँच लाख रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीले छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ की ३० वर्षीया सुनिता राई, २३ वर्षीय प्रज्वल सुदेवी, २० वर्षीय आशिष ठाकुर र सुन्दर हरैचा ५ का २४ वर्षीय संगम आचार्य रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

घरमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले सुनिता राईलाई ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ र नगद पाँच लाख ३८ हजार २५०, डिजिटल तराजु र दुई थान मोवाइलसहित पक्राउ गरेको हो। 

सुवेदी र ठाकुरलाई सडकमा हिँडिरहेको बेला फेनारग १० थान, डाइजेपाम १० थान, एभिल १० थान र लुपिजेसिक १० थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी आचार्यलाई प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले १० थान डाइजेल्याव, ४ थान लुपिजेसिक र २ थान एभिलसहित प्रहरीले पक्राउ गरेको हो। 

मोरङ जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि कसूरमा  चार दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .