ad ad

खेल


नेपाल र आयरल्यान्डबीचको एक दिवसीय र टी-२० खेल तालिका सार्वजनिक

नेपाल र आयरल्यान्डबीचको एक दिवसीय र टी-२० खेल तालिका सार्वजनिक

फाइल तस्बिर


नेपालखबर
चैत २, २०८० शुक्रबार १३:५०, काठमाडौँ

नेपाल र आयरल्यान्डबीच हुने एक दिवसीय तथा टी-२० क्रिकेटको खेल तालिका शुक्रबार सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्डस्थित वल्भ्ससँगको तालिका सार्वजनिक गरेको हो। आयरल्याण्डले नेपालविरुद्ध जम्मा ८ खेल खेल्ने भएको छ।

आयरल्यान्डले नेपालमा ३ फरक सिरिज खेल्ने तालिका आएको। पहिलो सिरिजमा नेपाली राष्ट्रिय टोली र आयरल्यान्डबीच मार्च २५ र २६ मा दुई टी–२० हुनेछ।

यसपछि आयरल्यान्डले बाँकी खेल नेपाल ‘ए’ सँग खेल्नेछ। 

दोस्रो टी–२० सिरिजअन्तर्गत नेपाल 'ए' र आयरल्यान्डबीच ३ खेल हुने भएका छन्। नेपाल 'ए' र आयरल्यान्डबीच मार्च २८, मार्च २९ र मार्च ३१ मा खेल हुनेछ।

अन्तिम सिरिजमा नेपाल ए र आयरल्यान्डबीच ३ खेलको एकदिवसीय सिरिज हुने क्यानले जनाएको छ। यो सिरिजको पहिलो खेल ३ अप्रिल, दोस्रो ५ अप्रिल र तेस्रो ७ अप्रिलमा हुने क्यानले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .