ad ad

समाज


मोरङमा बसले ठक्कर दिँदा बोलेरो चालकको मृत्यु, बसका चालक फरार

मोरङमा बसले ठक्कर दिँदा बोलेरो चालकको मृत्यु, बसका चालक फरार

नेपालखबर
असोज १६, २०८१ बुधबार ९:४५, मोरङ

मोरङमा बस र बोलेरो आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्गमा पर्ने बेलबारी नगरपालिका–३ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४९० नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिँदा बोलेरो चालक बेलबारी–९ बाहुनीका ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई प्रहरीले उपचारका लागि न्युरो अस्पताल विराटनगर पुर्याएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुर्घटनापछि बसका चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .