ad ad

समाज


बैठकमा जान्छु भनी हिँडेका शिक्षकको शव जलेको अवस्थामा भेटियो

बैठकमा जान्छु भनी हिँडेका शिक्षकको शव जलेको अवस्थामा भेटियो

नेपालखबर
जेठ २३, २०८० मंगलबार १३:४६, काठमाडौँ

बाँकेको नेपालगञ्जस्थित जंगलमा एक शिक्षक मृत फेला परेका छन्। 

राँझाको आदर्श माविका शिक्षक रवीन्द्र रेग्मी ढकेरीनजिक जंगलमा मृत भेटिएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए। 

सोमबार दिउँसो साढे एक बजे रेग्मी विद्यालयबाट घर फर्किएका थिए। तर घरबाट फेरि बैठकमा जानेर उनी निस्किएको बताइएको छ।

रातिसम्म घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो। मंगलबार पूर्वपश्चिम राजमार्गको ढकेरी नजिकको जंगलमा रेग्मीको शव भेटिएको प्रहरीले बताएको छ। शव जंगलमा डढेको अवस्थामा भेटिएको हो।

राजमार्गमा मोटरसाइकल भेटिएको छ। मोटरसाइकलदेखि एक सय मिटर टाढा शव भेटिएको हो। शव नजिकै नोट फेला परेको छ। नोटमा उल्लेख भए अनुसार उनले आत्माहत्या गरेको आशंका गरिएको छ, तर थप अनुसन्धान भइरहेको एसपी राठौरले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .