समाज


दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा बसका सहचालक पक्राउ

दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा बसका सहचालक पक्राउ

नेपालखबर
भदौ १८, २०८० सोमबार ६:३८, दाङ

दाङको  राप्ती गाउँपालिका २ मा रहेको आदर्श नमूना माविमा अध्ययनरत एक दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसका सहचालकलाई पक्राउ गरेको छ।

दृष्टिविहीन १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बसका सहचालक तथा सोही विद्यालयका कार्यालय सहयोगी रामबहादुर खनाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बालिकाले दिएको उजुरीको आधारमा खनाललाई आइतबार प्रहरीले विद्यालयबाटै पक्राउ गरेको हो।

खनालले यहि भदौ ४ गते आफूलाई बलात्कार गरेको बालिकाले बताएकी छन्। बालिका सोही विद्यालयको होस्टेलमा बसेर पढ्दै आएकी छन्। 

खनालले बालिकालाई भान्साकोठामा लगेर बलात्कार गरेका इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले बताए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .