ad ad

समाज


नवलपरासीमा मोटरसाइकल दुर्घटना : बाहिरी चोटबिनै एमाले नेताको मृत्यु

नवलपरासीमा मोटरसाइकल दुर्घटना : बाहिरी चोटबिनै एमाले नेताको मृत्यु

नेपालखबर
पुस २, २०८० सोमबार ५:३०, काठमाडौँ

नेकपा एमाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

नवलपरासी सुस्तापश्चिमको बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु ५२प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिँदा उनको मृत्यु भएको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए।

४८ वर्षीय घाइते कोहारलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए।

उनको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बोहराले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .