ad ad

समाज


बारबर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

बारबर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
पुस ८, २०८० आइतबार ६:२२, बर्दिया

बर्दियाको बारबर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको छ।

शनिबार दिउँसो बारबर्दिया नगरपालिका– ४ बैरियाका रामा शंकर थारुका छोरा अन्दाजी १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए।

घर नजिकै रहेको बबइ नदीमा नुहाउन गएको बेला सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गर्दा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्कालै आरसी मेमोरियल अस्पताल जयनगर, बर्दिया लगिएको थियो।

उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए। बालकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .