ad ad

समाज


दाङमा ट्याक्टर दुर्घटना हुँदा २८ जना घाइते, चालक पक्राउ

दाङमा ट्याक्टर दुर्घटना हुँदा २८ जना घाइते, चालक पक्राउ

नेपालखबर
पुस १९, २०८० बिहिबार ५:२३, दाङ

दाङकाे गढवामा ट्याक्टर दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। वनबाट पात टिपेर ट्याक्टरमा फर्किंदै गरेका यात्रु दुर्घटनामा परेका प्रहरीले जनाएको छ।

बुधबार साँझ लु२त ५१६४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए। 

घाइते हुने सबै गढवा गाउँपालिका–४ पर्साका हुन्। घातेको लमही अस्पतालमा उपचार भइरहेको छ।  

ट्याक्टर चालक गढवा गाउँपालिका–४ पर्सा बस्ने करिब ३४ वर्षीय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .